टाइगर कप भलिबल भोलिदेखि, उद्घाटन खेल गण्डकी र एपीएफबिच हुने

पाेखरा | माघ ८, २०८२

टाइगर कप भलिबल भोलिदेखि, उद्घाटन खेल गण्डकी र एपीएफबिच हुने

पोखरा:  पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता रहेको छ । 


टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र महिलातर्फ थाइल्याण्ड क्वीन्स विदेशी टोलीको रुपमा सहभागी जनाएको जानकारी दिए ।


पुरुषतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्सले सहभागिता जनाएको आयोजकले जनाएको छ ।


च्याम्पियनसिपको पहिलो खेल भोलि बिहान ९ बजे महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । दोस्रो खेल पुरुषतर्फको आर्मी र माल्दिभ्स भलिबलबिच हुने तालिका छ । उद्घाटन खेल गण्डकी प्रदेश र एपीएफबिच हुने आयोजकले जनाएको छ ।


च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए । 


खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्